back
CTIZAN AD

महाअभियोगको चक्रब्यूहमा फेरि फसे ट्रम्प, बुधबार हुनेछ भोटिङ्ग

वि.सं.२०७७ पुस २७ सोमवार

723 

shares

पुस २७, काठमाडौं । अमेरिकी संसदमा भएको हिंसात्मक घटनामा जिम्मेवार मान्दै हालका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनीविरुद्व डेमोक्रेट्स सांसदहरुले हस्ताक्षरसहित महाअभियोग प्रस्ताव तयार गरेका छन् । तल्लो सदनकी अध्यक्ष नैन्सी पेलोसीले जसबारे पुष्टी गरेकी छन् ।

जनाइएअनुुसार डेमोक्रेट्स पार्टीका सांसदहरुले ट्रम्पको भूमिका संविधान र लोकतन्त्रको निमित्त खतरनाक भएको भन्दै महाअभियोग प्रस्ताव तयार पारेका छन् । उनीहरुले महाअभियोग पत्रमा ट्रम्पले जस्तो पनि कदम चाल्नसक्ने भन्दै तत्काल कारबाही चलाउन माग गरेका छन् ।

अमेरिकी संसदमा भएको हिंसात्मक घटना ट्रम्पको प्रोत्साहनबाटै भएको बुझाई अमेरिकामा छ । बुधबार नयाँ राष्ट्रपति जो बाइडेनको जीतको प्रमाणित गर्ने कार्यक्रम थियो । जसलाई असफल पार्न गैरसंवैधानिक रुपमा उनले कदम चालेको सांसदहरुको ठहर छ ।

प्रस्तावमा १९० सांसदको हस्ताक्षर

राष्ट्रपति ट्रम्पविरुद्व तयार पारिएको महाभियोग प्रस्तावमा डेमोक्रेट्सका १९० सांसदले हस्ताक्षर गरेका छन् । जनाइएअनुसार प्रस्तावमा ट्रम्प आवद्ध पार्टी रिपब्लिकनका कुनै पनि सांसदको भने हस्ताक्षर छैन् ।

सञ्चार माध्यमले जनाएअनुसार तयार पारिएको महाअभियोग प्रस्ताव सोमबार संसदको तल्लो सदनमा दर्ता गरिनेछ । जसमा बुधबार मतदान गर्ने तयारीसमेत भएको छ ।

ट्रम्पकै पार्टीका सांसद पनि ट्रम्पविरुद्व

महाअभियोगको प्रस्ताव डेमोक्रेट्स सांसदहरुले अगाडि बढाएको भएपनि ट्रम्प आवद्ध पार्टी रिपब्लिकनका सांसद पनि महाअभियोगको पक्षमा छन् । मतदानमा उनीहरुको भूमिका रहने विश्वास गरिएको छ ।

रिपब्लिकन पार्टीका शीर्ष सीनेटर पैट टूमीले संसद घटनाप्रति खुलेर आलोचना गरेका थिए । उनले ट्रम्पबाट महाभियोग चलाउन योग्य अपराध गरिएको टिप्पणी गरेका थिए ।

साथै राष्ट्रपति ट्रम्पको खिलाफमा उपराष्ट्रपति माइक पेन्स पनि देखिएका छन् । उनले ट्रम्पको आग्रहलाई अस्वीकार गर्दै नयाँ राष्ट्रपतिको सपथमा सहभागी हुने बताएका छन् ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:२८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...