back
CTIZAN AD

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

वि.सं.२०७७ पुस २७ सोमवार

585 

shares

२७ पुष, फ्रान्स । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ ।

अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिड संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ ।

आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर यहाँका अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यहाँ यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।

आइबार देखिएको यो संख्या पछिल्लो हप्ता यताकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले आइतबार यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।

गत शनिबार मात्र यहाँ २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।

महामारी सुरु भएदेखि यताको संख्या हेर्दा यहाँ २७ लाख ८३ हजार भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्सको यो संख्या युरोपेली देशहरुकै दोस्रो ठूलो संख्या हो भनेको छ ।

युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ । यहाँ पछिल्लो समयमा कोभिडको नयाँ जातको संक्रमणको पनि प्रकोप बढेको देखिएको अर्को एक समाचारमा जनाइएको छ ।

उक्त एजेन्सीले दिएको जानकारीअनुसार फ्रान्समा ५७ हजार ७५० जनाको यस संक्रमणबाट ज्यान गएको छ । अहिले पनि हरेक दिन यहाँका नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ ।

शनिबारसम्मको तथ्यांक हेर्दा यहाँका २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ ।

तीमध्ये पनि यहाँका २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरुले यहाँ पनि पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएको जनाएका थिए ।

त्यस कारण यहाँका धेरै जसो सेवा क्षेत्रहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण यहाँको जनजीवन पनि निकै नै प्रभावित भएको राजधानी पेरिसबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।
रासस

वि.सं.२०७७ पुस २७ सोमवार १३:२९ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...