२७ पुष, काठमाडौँ । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।
त्यसैगरी तेजाबी सुन आज तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ ।
आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
रासस
वि.सं.२०७७ पुस २७ सोमवार १२:४७ मा प्रकाशित


























