२८ पुस, काठमाडौं । एफए कम अन्तरगत प्रिमियर लिगका दुई ठुला क्लब म्यानचेष्टर युनाइटेड र लिभरपुल चौथो चरणमानै भिड्ने भएका छन् । चौथो चरणको खेल जनावरी २३ सनिबार हुनेभएको छ ।
लिभरपुल र युनाइटेड विचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार यी दुई हस्ति क्लब चौथौ चरणमा भिड्ने भएका छन् ।
त्यस्तै एफए कपको सर्वाधिक विजेता आर्सनल साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासंग खेल्नेछ । आर्सनलले एफए कपको उपाधि सर्वाधिक १४ पटक जितेको छभने युनाइटेडले १२ पटक उपाधि जितेको छ । युनाइटेडसँग चौथो चरणमानै भिड्न लागेको लिभरपुलले ८ पटक उपाधि जितेको छ ।
वि.सं.२०७७ पुस २८ मंगलवार ११:४५ मा प्रकाशित




























