back
CTIZAN AD

सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात

वि.सं.२०७७ पुस २८ मंगलवार

633 

shares

२८ पौष, काठमाडौं । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।

बैंकले व्यास नगरपालिका–१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा खोलेको छ । त्यस्तै धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

साथै काठमाडौं कलंकीस्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ । हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए।टि।एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार ११:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...