back
CTIZAN AD

यस्तो छन् बोक्रासहित स्याउ खानुका फाइदा

वि.सं.२०७७ पुस २८ मंगलवार

597 

shares

काठमाडौं – स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । यो स्वास्थ्यका दृष्टिले पनि लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानु अनिवार्य छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ । स्याउलाई बोक्रासहित खादाँ निम्न फाइदा पाउन सकिन्छ ।

१. दाँतको सडन
स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसले दाँतको पहेँलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । यसलाई चपाएर खादाँ दाँतको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । साथै दातमा क्याभिटी हुनबाट बचाउँछ ।

२. हड्डी दह्रो बनाउन
स्याउमा एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डी मजबुत बनाउनुको साथै टुट्नबाट समेत बचाउँछ ।

३. मोतियाविन्दु
बोक्रासहित स्याउको सेवन गरेमा आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्ने संभावना न्युन हुन्छ ।

४. क्यान्सर
बोक्रासहित स्याउ खाए फाइबर, क्याल्सियम, एन्टिअक्सिडेन्ट, प्लेबिनाइड, फाइटोकेमिकल्स पाइन्छ । जसले मोटोपना घटाउनुका साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ ।

५. ब्लड सुगर
मधुमेहका विरामीलाई पनि बोक्रासहितको स्याउको सेवन फाइदाजनक मानिन्छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

६. मष्तिकको कोष
बोक्रासहितको स्याउ सेवनले दिमाग तेजिलो हुनुका साथै मस्तिष्कको कोषिकालाई समेत स्वस्थ राख्न सघाउ र्पुयाउँछ ।

७. पित्तथैलीको पत्थरी
बोक्रासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोल बाहिर निकाल्न मद्दत गर्दछ । जसले पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।

वि.सं.२०७७ पुस २८ मंगलवार १२:५८ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...