back
CTIZAN AD

एनआरएनएको विशेष महाधिबेशनमा भाग लिन २,६३८ जनाले फारम भरे, हेर्नुहोस् कुन देशबाट कति छन् त ?

वि.सं.२०७७ पुस २८ मंगलवार

612 

shares

२८ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिबेशन प्रतिनिधि हुनका लागि २ हजार ६३८ जनाले फारम भरेका छन् ।

जनवरी २३-२४ मा जुममार्फत् हुन लागेको संघको विशेष महाधिबेशनमा प्रतिनिधि बन्न इच्छुकहरुलाई आवेदन दिन गरिएको आव्हान अनुसार जनवरी १० सम्ममा २ हजार ६३८ जनाले फारम भरेको संघले जनाएको छ ।

संघका महासचिव डा.हेमराज शर्माका अनुसार प्राप्त फारमहरुलाई प्रतिनिधिहरुको विवरणसहित संघले दावी–बिरोधको लागि सार्वजनिक गर्ने र त्यसपछि प्राप्त अन्तिम लिष्ट आगामी बैठकले निर्णय गर्नेछ ।

हालसम्म महाधिबशन प्रतिनिधिका लागि फारम भरेकाहरुमा अष्ट्रेलियाबाट १९०, अष्ट्रियाबाट ६२, बहराइनबाट ५३, बेल्जियमबाट १२३, क्यानडाबाट १००, चीनबाट २३, साइप्रसबाट २३, चेक रिपब्लिकबाट ३०, डेनमार्कबाट ७५, फिनल्याण्डबाट ६, फ्रान्सबाट ६८, हङकङबाट ९१, आयरल्याण्डबाट ४८, इजरायलबाट ५, इटालीबाट १०, जापानबाट १२०, केन्याबाट १, दक्षिण कोरियाबाट १२८, कुवेतबाट १२३, लक्जम्वर्गबाट ५, मकाउबाट ९७, मलेसियाबाट ३३, माल्टाबाट १०, नेदरल्याण्डबाट १४२, नाइजेरियाबाट २, नर्वेबाट ३५, ओमानबाट १८, पोल्याण्डबाट २२, पोर्चुगलबाट १०५, कतारबाट ११६, रसियाबाट ६२, साउदी अरेबियाबाट १०६, सिसेल्सबाट ५, साउथ अफ्रिकाबाट २, स्पेनबाट ६६, स्वीडेनबाट १३, स्वीजरल्याण्डबाट १५, तान्जानियाबाट १, थाइल्याण्डबाट २, युकेबाट १६७, अमेरिकाबाट १८०, युएईबाट ६०, युगाण्डाबाट ५, भियतनामबाट ३ र जाम्बियाबाट २ जना गरी जम्मा २ हजार ६३० जना रहेका छन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १३:१० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...