back
CTIZAN AD

नबिल इन्भेष्टमेन्टमा एक पटक डिम्याट खोलेपछि आजीवन नवीकरण गर्ने नपर्ने

वि.सं.२०७७ पुस २८ मंगलवार

738 

shares

२८ पौष, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड नेपालमै पहिलोपटक आजीवन डिम्याट खाताको योजना सार्वजनिक गरेको छ।उक्त स्किममा सहभागी भई हितग्राही खाताहरु एकपटक खोलिसकेपछि आजीवन नवीकरण गरिरहन पर्नेछैन । ।

नेपालमा रहेको शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नबिकरण गराउनुपर्ने भएकोले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको अनलाइन पोर्टलहरुबाट नबिकरण हुँदै आएको छ ।

यसकारण कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्ने देखिएको छ । नवील इन्भेष्टमेन्टले आफ्नो नयाँ स्किमबारे विज्ञप्ति जारी गर्दै भनेको छ, जसले गर्दा विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नबिकरण गराउन असमर्थ भएको देखिन्छ ।

उक्त समस्यालाई मध्यनजर गदै कम्पनीले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाईलाई यस्तो झञ्झटबाट मुक्त गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजिवन डिम्याट खाताको योजना यही पौष २६, देखि लागू हुने गरी यो योजना ल्याएको हो ।

यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक रु। ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झञ्झटबाट मुक्त हुन सक्नेछन् । यस्तो योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्ने, तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नबिकरण वापतको शुल्क भुक्तानी गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

साथै, यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ लगानीकर्ताहरुले एकैपटक एकमुष्ट रकम जम्मा गरी जीवनभरका लागि खाता नबिकरणको झन्झटबाट मुक्त भई लिनसक्ने आशा कम्पनिले गरेको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १३:१५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...