back
CTIZAN AD

फुटबलका पूर्व राष्ट्रिय खेलाडी पौड्याली र प्रहरी नायव निरिक्षक श्रेष्ठ सम्मानित

वि.सं.२०७३ माघ ६ बिहीवार

882 

shares

 

kshatriya-tekwakwando

बुधबारे, माघ ६ । झापा बुधबारेको जयपुरमा आज (विहिबार) देखि प्रथम जयपुर आमन्त्रित क्षेत्रिय
तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

आयोजक बुधबारे तेक्वान्दो दोजाङका प्रमुख पर्शुराम भण्डारी सुजन ‘भान्जा’को
सभापतित्व तथा झापा क्षेत्र नम्बर ४ का सांसद प्रेम गिरीको प्रमुख आतिथ्यमा भएको
उद्घाटन कार्यक्रममा फुटबलका पूर्व राष्ट्रिय खेलाडी झापा बुधबारे ५ का मोहन
पौड्याली र प्रहरी सेवामा लामो समयदेखि कार्यरत रही इमान्दारीका साथ सेवा
गरिरहेका इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक
खेमनारायण श्रेष्ठलाई सम्मान गरिएको छ ।

डोजाङका सचिव रमेश नेपालले स्वागत र डोजाङका मुख्य प्रशिक्षक चन्द्र गौतमले
कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति
झापाका अध्यक्ष शंकर थापा, झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष विजय न्यौपाने,
समाजसेवी नेत्रप्रसाद गौतमको विशिष्ठ आतिथ्य रहेको थियो भने कार्यक्रममा
कँरातेका बरिष्ठ प्रशिक्षक कुमार उप्रेती, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन सुब्बा,
सितोरियो कराँतेका राष्ट्रिय रेफ्रि जीवन राई, रेडक्रस बुधबारेका अध्यक्ष हरि
पोखरेल, आदर्श उच्च माविका प्राचार्य करुण पराजुली, बुधबारे जेसीजका अध्यक्ष सेमन्त
पोखरेल तथा राजनीतिक दल र सामाजिक संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको
थियो ।

पूर्वाञ्चलका १० जिल्लाका ११ टिमको सहभागीता रहेको प्रतियोगिताको विभिन्न
स्पर्धामा आज प्रतिस्पर्धा भएको छ । बुधबारे तेक्वान्दो दोजाङले आयोजना गरेको
प्रतियोगितामा १० जिल्लाका २ सय बढी खेलाडी तथा अफिसियलको उपस्थिति रहेको छ ।
२ दिन सम्म चल्ने प्रतियोगिता स्थानीय आदर्श उच्च माविको मैदानमा जारी छ ।
कार्यक्रमको संचालन गोपाल पोखरेलले गरेका थिए ।

वि.सं.२०७३ माघ ६ बिहीवार ११:०९ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...