back
CTIZAN AD

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

वि.सं.२०७७ पुस २९ बुधवार

630 

shares

२९ पौष, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताएका छन् ।

आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन गर्दै उनले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पतालले पनि सुविधासम्पन्न सघन उपचार केन्द्र तथा ट्रमा सेन्टरसमेत सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए।

मुख्यमन्त्री पौडेलले अबका दिनमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा जटिलभन्दा जटिल स्वास्थ्य समस्याको उपचार हुने वातावरण बन्दै गएको उल्लेख गर्दै जिल्लामा भएका सबै स्वास्थ्य संस्थाले समन्वय गरेर ज्ञान, अनुभवको आदानप्रदान तथा सहकार्य गरी गुणस्तरीय सेवा प्रवाह गर्न सके राम्रो हुने धारणा व्यक्त गरे् ।

उनले जिल्लामा हाल विभिन्न अस्पतालमा गरी आइसियु, सिसियु, भेन्टिलेटरसहित ३५० श्ययाभन्दा बढी सञ्चालनमा रहेको बताउँदै यहाँ सञ्चालित अस्पतालले प्रदेशका अन्य जिल्ला तथा प्रदेश नं २ का विभिन्न क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह गरेको बताए ।

हेटौँडामा केही वर्षअघि देखि सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको हो । सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा सात श्ययाको सघन उपचार कक्ष, तीन श्ययाको पिआइसियु र एउटा साधारण आइसियु कक्ष स्थापना गरेको छ ।

अस्पतालले हाडजोर्नीसम्बन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टरसमेत स्थापना गरेर काम शुरु गरेको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए । रासस

वि.सं.२०७७ पुस २९ बुधवार १५:१९ मा प्रकाशित

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...