पुस २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेलालाई कमेडी शो मात्रै भएको बताएका छन् । बुधबार नेकपाको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफुँहरु राष्ट्र र संकटको विषयमा छलफल गर्न उपस्थित भएको बताए ।
‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ।’
वि.सं.२०७७ पुस २९ बुधवार १५:११ मा प्रकाशित






























