back
CTIZAN AD

ग्राण्डीले सुरु गर्यो ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार

वि.सं.२०७७ पुस २९ बुधवार

735 

shares

२९ पौष, काठमाडौं । काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो ।

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपीन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधि ग्राण्डीले शुरु गरेको जानकारी दिए । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उनको भनाइ छ ।
ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ता शनिबार काठमाडौँ,उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

अस्पतालले रगत अभावका कारण कोही बिरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ । रासस

वि.सं.२०७७ पुस २९ बुधवार १५:०५ मा प्रकाशित

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...