back
CTIZAN AD

तेस्रो टेस्टमा भारत विरुद्ध डेब्यू गरेको विल पुकोवस्की चोथौ टेस्टबाट बाहिरिए, यस्तो छ अष्ट्रेलियाको प्लेइङ्ग-११

वि.सं.२०७७ माघ १ बिहीवार

651 

shares

१ माघ, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको चौथो तथा अन्तिम टेस्टको लागि अष्ट्रेलियाले आफ्नो प्लेइङ्ग इलेवनको घोषणा गरेको छ । चौथो टेस्टका लागि अष्ट्रेलियाले १ खेलाडी परिवर्तन गरेको छ ।

भारत विरुद्धको तेस्रो टेस्टबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका विल पुकोवस्की चोटका कारण अन्तिम टेस्टबाट बाहिरिएका छन । उनी भारत विरुद्धको तेस्रो टेस्टको पाँचौँ दिनका फिल्डिंग गर्ने क्रममा चोटिल भएका थिए । त्यहीँ चोटको कारणले गर्दा उनी भारत विरुद्धको निर्णायक टेस्ट बाहिरिएका हुन ।

विल पुकोवस्कीले तेस्रो टेस्टको दुई इनिङ्गमा ७२ रन बनाएका थिए । उनको स्थानमा अष्ट्रेलियन टिमले मार्कस ह्यारीसलाई टिममा भित्राएको छ ।

भारत र अष्ट्रेलिया बिचको चौथो तथा निर्णायक टेस्ट ब्रिसबेनमा शुक्रबार देखि सुरु हुनेछ ।

चौथो टेस्टको लागि अष्ट्रेलियाको प्लेइङ्ग-११
डेविड वार्नर, मार्कस ह्यारीस, मार्नश लबुशेन, स्टिवन स्मिथ, म्याथ्यू वेड, क्यामरन ग्रीन, टिम पेन, प्याट कमिन्स, मिचल स्टार्क, नेथल लायन, जस हेजलवुड ।

वि.सं.२०७७ माघ १ बिहीवार १०:४२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...