back
CTIZAN AD

कांग्रेससँगको छलफलपछि प्रचण्ड–नेपालले बोलाए स्थायी समिति बैठक

वि.सं.२०७७ माघ १ बिहीवार

744 

shares

माघ १, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्ने भएको छ । नेकपाका स्थायी समिति सदस्य गणेश शाहका अनुसार बैठक दिउसो ३ बजेदेखि बस्दैछ ।

यसअघि नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । देउवासँगको छलफलपश्चात प्रचण्ड–नेपालले पार्टीको स्थायी समिति बैठक बोलाएका हुन् ।

नेता गणेश शाहका अनुसार आजको बैठकमा सरकारको प्रतिगामी कदमका विरुद्व सबै शक्तिसँग भईरहेको संवाद र सहकार्यबारे पनि छलफल हुनेछ ।

‘स्थायी समितिको बैठक बस्ने कुरा यसअघि नै तय भएको थियो, मेरो जानकारीमा बैठकका एजेण्डा पनि अधिकांश यसअघि नै तय भएका थिए’, संसार न्यूजसँगको कुराकानीमा नेता शाहले भने, ‘पछिल्लो समय ओली सरकारको प्रतिगामी कदमविरुद्व संघर्षका कार्यक्रम सञ्चालन गर्न सबै शक्तिसँग भईरहेको छलफलबारे आजको बैठकमा कुराकानी हुन्छ, जसमा कांग्रेससँगको विषय पनि रहने कुरा स्वभाविक छ ।

उनका अनुसार आजको बैठकमा कांग्रेससँग पछिल्लो समय भईरहेको वार्ताको उपलब्धिबारे पनि छलफल हुनेछ । शाहले जनाएअनुसार बैठकमा माधव नेपाल नेतृत्वको कार्यदलको कामबारे पनि समिक्षा गर्ने कार्यक्रम छ ।

संसद विघटनको विरुद्वमा संघर्ष चलाईरहेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले सबै पार्टीसँग मोर्चाबन्दीबारे प्रस्ताव गरेको थियो । कांग्रेससँग पनि नेकपाले प्रस्ताव गरेको छ । तर, कांग्रेसले भने हालसम्म कुनै जवाफ नदिएको बताइएको छ ।

यसअघि नेकपाले आयोजना गरेको अन्तक्रियात्मक कार्यक्रममा ओली नेतृत्वको सरकारविरुद्व संघर्ष गर्न मोर्चाबन्दी गर्नेबारे छलफल भएको थियो । जसमा नेताहरुले प्रचण्ड–नेपाल पक्षलाई नै आन्दोलनबारे स्पष्ट हुन आग्रह गरेका थिए ।

कांग्रेस सभापति देउवासँगको छलफलपश्चात बोलाइएको बैठकलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १४:३१ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...