back
CTIZAN AD

माधव नेपालको प्रश्न : ओलीको कदममा साथ नदिनु के हाम्रो अपराध हो ?

वि.सं.२०७७ माघ १ बिहीवार

972 

shares

माघ १, काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्तन र कार्यशैलीमा नै समस्या रहेको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता नेपालले ओलीको कार्यशैलीबाट पार्टीभित्र मात्रै नभई प्रतिपक्षी पार्टीका नेताहरु पनि पीडित भएको बताए । आफुँहरुको कदमलाई कतिपयले अपराध जसरी टिप्पणी गरिरहेको भन्दै नेपालले ओलीलाई हस् हजुर नभन्नु नै अपराध भएको बताए ।

‘नीतिगत विषयमा, राष्ट्रिय सरोकारका विषयमा, जनसरोकारका विषयमा, सुशासन र सरकारको प्रभावकारिताका विषयमा, जनविश्वास आर्जन गर्न चाहिने कदमहरुका विषयमा छलफल गर्नुपर्‍यो, हाम्रो अपराध भनेको छलफलको माग गर्नु हो’, उनले भने, ‘उहाँ ९ओली०को कुरामा हस्, हजुर नभन्नु नै हाम्रो अपराध हो।’

उनले आफुँहरुले ओलीलाई कुनै ठाउँमा अप्ठयारो नपारेको बताए । ‘केपी ओलीले प्रधानमन्त्री पदको गरिमा राख्न सक्नु भएन, उहाँ सानो गुटमा रमाउनु भयो, आफ्नो भजन गाउनेहरूलाई मात्रै समातेर अघि बढ्नु भयो, हामीले उहाँलाई केही न्याकेका होइनौं ’, उनले भने ।

ओलीले बहुमत गुमाए पछि मनपरी गरेको नेता नेपालको भनाई छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १५:५८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...