back
CTIZAN AD

परराष्ट्रमन्त्रीको भ्रमणप्रति बाबुरामको टिप्पणी – कुलेबामा गएका मन्त्री रित्तो कुटुरो बोकेर फर्के !

वि.सं.२०७७ माघ ३ शनिवार

900 

shares

माघ ३, काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले कामचलाउ सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण व्यर्थ भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले मन्त्री ज्ञवाली रित्तो कुटुरो बोकेर फर्किएको बताए । ‘विदेशमन्त्री ज्ञवाली कुवेलाको भारतभ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ’, ट्विटरमा उनले भनेका छन् ।

उनका अनुसार देशको आन्तरिक अवस्था नबुझी भारतसँग लम्पसार पर्न जाँदा अवस्था यस्तो भएको हो । ‘देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ’, उनले भनेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली बिहिबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत गएका थिए । उनी शनिबार दिउसो नेपाल फर्किएका छन् । सीमा विवादलगायतका एजेण्डामा छलफलका लागि गएका उनी सीमाको विषयमा छलफल नै नगरी फर्किएको विषय बाहिरिएको छ ।

सम्बन्धित समाचार

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री भारत प्रस्थान

वि.सं.२०७७ माघ ३ शनिवार २१:२३ मा प्रकाशित

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...