back
CTIZAN AD

ओलीले दलाल नोकरशाही र उदार पुँजीवादका पक्षमा मात्रै सरकारको प्रयोग गरे : प्रचण्ड

वि.सं.२०७७ माघ ४ आइतवार

789 

shares

माघ ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनदेखि नै दलाल नोकरशाही र उदार पुँजीवादका पक्षमा काम गरिरहेको आरोप लगाएका छन् । आइतबार आफुँ पक्षीय राष्ट्रिय युवा संघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकार गठनदेखि नै प्रधानमन्त्री ओलीले पार्टीको घोषणापत्र विरुद्व काम गर्न थालेको प्रचण्डको भनाई छ । उनका अनुसार सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउने कुरामा पार्टी एकातिर सरकार अर्कोतिर भएको बताए ।

‘पार्टीको सचिवालय, स्थायी समिति या केन्द्रीय कमिटीमा प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रमबारे न कहिल्यै छलफल गर्न चाहनु भयो, न कहिल्यै बजेटबारे कस्तो ओरिन्टेशन हुने भन्ने कुरा गर्नुभयो, उहाँले जे ल्याउनुभयो, हाम्रो घोषणापत्रभन्दा बाहिरको कुरा ल्याउनु भएको थियो’, प्रचण्डले भनेका छन्, ‘उहाँले श्रमजीवि वर्गलाई राहत दिने, रोजगारी, सामाजिक न्याय दिने, विकास र पूर्वाधारलाई लक्षित गरि युवाहरुलाई रोजगार दिने बजेट होइन् दलाल र नोकशाही पुँजीपतिहरुलाई उदार पुँजीवादलाई नीति कार्यक्रम र बजेट ल्याउनु भएको थियो ।’

प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदनअनुसार आफुँहरुले काम गर्न चाहेको तर ओलीले नगरेको बताए । ‘दलाल नोकरशाही र उदार पुँजीवादका विरुद्ध सामाजिक न्याय र सामाजिक आधारसहितको उत्पादक शक्तिको विकास गर्ने तिर हामीले पार्टी एकताको बेलामा जे राजनीतिक प्रतिवेदनमा भन्यौं, त्योअनुसारको समाज निर्माण गर्ने हाम्रो प्रतिज्ञा थियो’ उनले भनेका छन्, ‘तर ओलीले सरकार उल्टो तिर लग्नुभयो ।’

साढे दुई वर्षदेखि पार्टीभित्रको बहस ओली र सरकार उल्टो दिशातिर गयो भन्नेमा नै केन्द्रित रहेको उनले बताए । उनले प्रधानमन्त्री ओलीका शैली परिवर्तन विरोधी भएसँगै आफुँहरु आक्रामक हुन बाध्य भएको बताए ।

प्रचण्डले ओली मलामी जाँदा हाँस्दै हिँड्ने अस्वभाविक मान्छे भएको बताए । निकै ठूलो त्याग र बलिदानमाथि ओलीले प्रहार गरेकोले आफुँहरु गम्भीर बनेको प्रचण्डको भनाई छ ।

‘हामी जन्त जानेबेलामा रुँदै हिँड्ने, मलामी जाँदा हाँस्दै हिँड्ने केपी ओली होइनौं, मलामी जाँदा हामी चिन्ता गरेरै हिँड्छौं, जन्त जाँदा हामी हाँस्दै गरेरै हिँड्छौं, हामी त्यस्ता स्वभाविक मान्छेहरु हौं, उहाँ अस्वभाविक हुनुभएको छ’, प्रचण्डले भनेका छन्, ‘हामी गम्भीर स्थितिमा छौं, हाम्रो आन्दोलन पनि अलिकति आवेगमा, आक्रोशको साथ जुझारु हुन जरुरी छ, हाम्रो त्यत्रो त्याग र बलिदानमाथि प्रहार भएको छ ।’

उनले पछिल्लो आन्दोलनलाई युवाहरुले अगाडि बढाउन आवश्यक रहेको बताए । युवाहरुले विश्वलाई नयाँ सन्देश दिनुपर्ने प्रचण्डको भनाई छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १६:२३ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...