back
CTIZAN AD

नेपालमा कोरोनाका सक्रिय संक्रमित ३९१९ मात्रै, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ माघ ४ आइतवार

729 

shares

४ माघ, काठमाडौं । नेपालमा शनिबार (४ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख १२ हजार ४५२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ५०८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,९१९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा २८३७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०८२ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १५७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३, बागमती प्रदेशमा ६१, गण्डकी प्रदेशमा ५१, लुम्बिनी प्रदेशमा ३९, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिममा १ जना गरी जम्मा १५७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ७ जना र सुदूरपश्चिममा २ गरी जम्मा ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला नवलपरासी (पश्चिम), कालिकोट, रुकुम पश्चिम र मुगु रहेको छ ।

आज थपिएका २६६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । साथै आज ४०० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १,९५९ पुगेको छ ।

आज देशैभरी २६६ कोरोना संक्रमित थपिए, चारसय निको, ५ को मृत्यु
नेपालमा आज देशैभरी २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ५०८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १७७ जनासहित देशैभरी २६६ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९१ र १७५ जना पुरुष रहेका छन् ।

आज थपिएका २६६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । निको हुनेको यो दर ९७.८ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५९ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १,०८२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ११, प्रदेश २ मा १, बागमती प्रदेशमा ६६८ गण्डकी प्रदेशमा ८० लुम्बिनी प्रदेशमा २२५, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ७३ जना गरी १०८२ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २८३७ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १७:०० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...