back
CTIZAN AD

एन आई सी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७७ माघ ५ सोमवार

756 

shares

५ माघ, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको १९ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

गत मङ्सिर २१ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६र ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (नेप्से) मा माघ २ गते शुक्रवार नेप्सेमा सुचिकृत भएको हो ।

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गते आइतवारदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

बैंकको मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जनाएको छ ।

त्यस्तै २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार ११:०० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...