back
CTIZAN AD

पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

वि.सं.२०७७ माघ ५ सोमवार

660 

shares

५ माघ, गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपाल मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।

पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको दिए ।

लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ऐनअनुसार प्रति १०० एमएलमा कोलिफर्मको मात्रा शून्य हुनुपर्दछ ।

उक्त प्रशोधित पिउने पानीमा कोलिफर्मको उपस्थिति पाइएकाले मुद्दा दायर गरिएको हो ।

खाद्य ऐन, २०२३ को दफा ९३० उल्लङ्घन गरी दूषित प्रशोधित पिउने पानी उत्पादन गरी विक्री वितरण गरेकोले उक्त उद्योग विरुद्ध खाद्य ऐन, २०२३ दफा ५९१० बमोजिम कार्वाहीको माग गरिएको छ ।

उक्त ऐनअनुसार रु ५० हजार जरिवानासहित पाँच वर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

यसअघि कार्यालयले पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालिद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरीय देखिएकोले मुद्दा दायर गरेको थियो ।
रासस

वि.सं.२०७७ माघ ५ सोमवार १०:५२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...