back
CTIZAN AD

पहिलो टेस्ट इंल्याण्ड ७ विकेटले विजयी, जो रुटले बनाए नयाँ किर्तिमान

वि.सं.२०७७ माघ ५ सोमवार

696 

shares

५ माघ, काठमाडौँ । इंल्याण्ड र श्रीलंका बिचका पहिलो टेस्टमा इंल्याण्डले ७ विकेटले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका आफ्नो पहिलो इनिङ्गसमा १३५ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्गसमा श्रीलंकाका लागि दिनेश चान्दिमलले सर्वाधिक २८ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा डोम बेसले सार्वधिक ५ विकेट लिएका थिए ।

श्रीलंका अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको इंल्याण्डले आफ्नो पहिलो इनिङ्गमा ४२१ रन बनाएको थियो । इंल्याण्डकाे पहिलो इनिङ्गसमा  कप्तान जो रुटले आफ्नो टेस्ट क्रिकेट करियरको दोस्रो दोहोरो सतक बनाएका थिए । उनी २२८ रन बनाएर आउट भएका थिए । जो रुट इंल्याण्डका लागि टेस्ट क्रिकेटमा कप्तानका रुपमा २ दोहोरो सतक बनाउने पहिलो खेलाडी समेत बनेका छन ।

पहिलो इनिङ्गसमा २८६ रनले पछि परेको श्रीलंका आफ्नो दोस्रो इनिङ्गमा ३५९ रनमा अलआउट भएको थियो । दोस्रो इनिङ्गसमा श्रीलंकाका लागि लाहिरु थिरमानेले १११ रनको पारी खेलेका थिए । ३३९ रनमा अलआउट भएपछि श्रीलंकाले इंल्याण्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाले दिएको ७४ रनको लक्ष्य इंल्याण्डले २४.२ ओभर खेल्दैँ ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै इंल्याण्डले २ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १०:३७ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...