back

पहिलो टेस्ट इंल्याण्ड ७ विकेटले विजयी, जो रुटले बनाए नयाँ किर्तिमान

वि.सं.२०७७ माघ ५ सोमवार

135 

shares
RBB AD
NTC AD

५ माघ, काठमाडौँ । इंल्याण्ड र श्रीलंका बिचका पहिलो टेस्टमा इंल्याण्डले ७ विकेटले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका आफ्नो पहिलो इनिङ्गसमा १३५ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्गसमा श्रीलंकाका लागि दिनेश चान्दिमलले सर्वाधिक २८ रन बनाएका थिए भने इंल्याण्डका लागि बलिङ्गमा डोम बेसले सार्वधिक ५ विकेट लिएका थिए ।

श्रीलंका अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको इंल्याण्डले आफ्नो पहिलो इनिङ्गमा ४२१ रन बनाएको थियो । इंल्याण्डकाे पहिलो इनिङ्गसमा  कप्तान जो रुटले आफ्नो टेस्ट क्रिकेट करियरको दोस्रो दोहोरो सतक बनाएका थिए । उनी २२८ रन बनाएर आउट भएका थिए । जो रुट इंल्याण्डका लागि टेस्ट क्रिकेटमा कप्तानका रुपमा २ दोहोरो सतक बनाउने पहिलो खेलाडी समेत बनेका छन ।

पहिलो इनिङ्गसमा २८६ रनले पछि परेको श्रीलंका आफ्नो दोस्रो इनिङ्गमा ३५९ रनमा अलआउट भएको थियो । दोस्रो इनिङ्गसमा श्रीलंकाका लागि लाहिरु थिरमानेले १११ रनको पारी खेलेका थिए । ३३९ रनमा अलआउट भएपछि श्रीलंकाले इंल्याण्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाले दिएको ७४ रनको लक्ष्य इंल्याण्डले २४.२ ओभर खेल्दैँ ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै इंल्याण्डले २ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १०:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’...

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...