back
CTIZAN AD

नेकपा नाममा हानथाप भईरहेका बेला सर्वोच्चमा फेरि खुल्यो ऋषिराम कट्टेलको फाईल

वि.सं.२०७७ माघ ६ मंगलवार

843 

shares

माघ ६ गते, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा दुई वर्षपछि फेरि पेशीमा चढेको छ । सत्तारुढ नेकपाको विभाजनसँगै पार्टीको नामका बारेमा हानथाप भईरहेका बेला कट्टेलले दर्ता गरेको मुद्दा पेशीमा चढेको हो ।

कट्टेलले २०७५ मंसिर २१ मा नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी पहिले नै दर्ता भएको भन्दै पुनः नेकपा दर्ता गराएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, मुद्दा निरन्तर स्थगीत र हेर्न नभ्याईनेमा पर्दै आएको थियो । हालसम्म नेकपा नामको मुद्दामा १० पटकसम्म पेशी तारेख तोकिएको छ ।

यसअघि पछिल्लो पटक वैशाख २ र मंसिर १४ मा पेशी तारिख तोकिएर स्थगित भएको थियो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भएपश्चात निर्वाचन आयोगमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनेर दर्ता गरिएको थियो । कट्टेलले उक्त नाम यसअघि नै दर्ता भएको र जुधेको भन्दै आयोगमा उजुरी दिएका थिए । तर, आयोगले २०७५ कात्तिक ९ गते उनको विपक्षमा फैसला सुनाएको थियो ।

जसपश्चात कट्टेलले २०७५ मंसिर २१ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चमा दायर गरेको मुद्दा निरन्तर पेशी तारिख तोकिने तर स्थगित हुने हुँदै आएको थियो ।

नेकपा नामको मुद्दा मंगलबार न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ । मुद्दाको पेसी पहिलो नम्बरमै तोकिएको छ ।

सत्तारुढ नेकपा विभाजनसँगै नाम र लोगोका विषयमा हानथाप भईरहेको बेला कट्टेलले दायर गरेको मुद्दालाई सक्रिय बनाइनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ । नेकपा विभाजनसँगै नेकपाको आधिकारिक पक्ष कुन भन्नेमा निर्वाचन आयोगभित्र अहिले बहस छ ।

पार्टी विभाजनसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आफुँसँग साबिक बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आफुँ आधिकारिक भएको दाबी गरिरहेका छन् ।

वि.सं.२०७७ माघ ६ मंगलवार १२:४५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...