back
CTIZAN AD

बालबिवाहमा संलग्न बेहुलीकी आमासहित ४ पक्राउ

वि.सं.२०७७ माघ ६ मंगलवार

669 

shares

६ माघ, सप्तरी । सप्तरीमा उमेर नपुगेकी आफ्नी छोरीको विवाह गराइदिन लागेकी आमासहित चारजना पक्राउ परेका छन् ।

हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १२:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...