back
CTIZAN AD

कोरोना संक्रमणबाट विदेशमा ३१९ नेपालीको ज्यान गयो

वि.सं.२०७७ माघ ६ मंगलवार

825 

shares

६ माघ, लण्डन । कोरोना संक्रमणबाट विदेशमा  हालसम्म ३१९ नेपालीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा पछिल्लोपटक थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

नयाँ भाइरसबिरुद्ध फाइजरको खोप लगाउन सकिने
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

कूल परीक्षणमध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भएपनि स्वास्थ सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भैरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले बताएको छ ।समितिले मास्क, भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला
बैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको छ । सो कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रंजन थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
विशेषतः मध्यपुर्व, मलेसिया लगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।

वि.सं.२०७७ माघ ६ मंगलवार १५:५७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...