back
CTIZAN AD

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव समूहको आज वृहत विरोध प्रदर्शन, यस्तो छ कार्यक्रमहरु

वि.सं.२०७७ माघ ९ शुक्रवार

873 

shares

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएकोे प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले उपत्यकामा आज वृहद प्रदर्शन तथा सभा आयोजना गर्दैछ ।

पार्टी स्थायी समितिका सदसस्यहरुको नेतृत्वमा हुन लागेको आजको प्रदर्शनमा माइतीघर, लैनचौर, डिल्लीबजार, कुपण्डोल, त्रिपुरेश्वर, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका, बाल्मिीक क्याम्पस लगायतका स्थानबाट जुलुस सुरु हुनेछ ।

विभिन्न स्थानबाट सुरु भएको उक्त जुलुस रत्नपार्कमा जम्मा भइ मुख्य जुलुसमा परिणत हुने छ । साथै उक्त जुलुस, रत्नपार्क, पुतलीसडक, भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर बृहत सभामा परिणत हुनेछ ।

पार्टी अध्यक्षद्धय तथा केन्द्रीय नेताहरुले प्रतिनिधित्व गर्ने उक्त सभालाई पार्टी अध्यक्षद्धय लगायतका नेताले सबोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका अनुसार विरोध प्रदर्शनलाई व्यवस्थित गर्नका लागि युवा विद्यार्थी, मजदुर तथा खेलकुद मोर्चाका मोर्चाका २ हजार स्वयम्सेवक परिचालन गरिने छ ।
प्रतिनिधिसभा सुचारु नहुँदासम्म संघर्षका कार्यक्रम अगाडि बढाइरहने पनि पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले यो विरोध प्रदर्शन नेपाल कम्युनिष्ट पार्टीको मात्र नभएर संघीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रगमन पक्षधरहरुको साझा आन्दोलन रहेकोले सबैलाई ऐक्यबद्धता जनाउन पनि अनुरोध गरेका छन् ।

‘अग्रगमनका पक्षमा रहनुभएका सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल, कार्यकर्ता शुभेच्छुक र समर्थक सबैलाई प्रदर्शनमा सहभागी हुनका निम्ति हामी आग्रह गर्दछौं ।’ नेता श्रेष्ठले भनेका छन् ।

No photo description available.

No photo description available.

वि.सं.२०७७ माघ ९ शुक्रवार ०९:०३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...