back
CTIZAN AD

प्रचण्ड–माधव समूहले थप आन्दोलनको कार्यक्रम बारे छलफल गर्न बोलायो स्थायी समिति बैठक

वि.सं.२०७७ माघ १० शनिवार

828 

shares

१० माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाएको हो ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीच भएको छलफलले आइतबार स्थायी कमिटीको बैठक बसी शुक्रबारको पार्टीको विरोध सभाको समिक्षा गरेको थियो ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिए ।

आइतबार बस्ने स्थायी कमिटीको बैठकले थप एजेण्डामा छलफल गर्नुका साथै प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने एक नेताले जनाए ।

यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण सोधेकोमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि आइतबारको बैठकले पार्टीबाटै निष्कासन गर्ने ती नेताले बताए ।

प्रचण्ड–माधव समूहले गरेको शुक्रबारको विरोध प्रदर्शनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलिले स्पष्टिकरणको कुनै जवाफ नपठाएको भन्दै छिट्टै कार्वाही गर्ने संकेत गरेका थिए ।

वि.सं.२०७७ माघ १० शनिवार १८:२२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...