back
CTIZAN AD

ग्रान्डीमा सातै दिन बालरोग उपचार सेवा

वि.सं.२०७३ माघ ८ शनिवार

924 

shares

८ माघ, काठमाडौँ  । ग्रान्डी अन्तर्राट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा अब हप्तामा सातै दिन चौबिसैघण्टा उपलब्ध गराउने भएको छ ।

अस्पतालको सेवा सुरु भएको पाँचौँ वर्ष प्रवेशका अवसरमा अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा सुरु गरेको हो ।

सातै दिन चौबिसै घण्टा बालरोग विशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक आकस्मिक बाल उपचार सेवा, अस्पताल भर्नागरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नवजात शिशुका लागि नवजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट(एनआइसियु) र सघन उपचार आवश्यक भएका बालबालिकाका लागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट(पिआइसियु) को व्यवथा गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी सरुवारोगको सङ्क्रमण भएका र सघन उपचार आवश्यक भएका बिरामीका लागि एन आइसियु र पिआइसियुमा अलग्गै कक्षको समेत व्यवस्था गरिएको छ ।

अस्पतालको नवजात शिशु परामर्श केन्द्र(नियोनेटल केयर युनिट)मा एक महिनाभन्दा कम उमेरका नवजात शिशुका आमा, बाबुलाई सँगै राखेर विशेषज्ञहरुद्वारा परामर्श दिइन्छ । हेल्दी बेबी क्लिनिक (बाल स्वास्थ्य परीक्षण सेवा)अन्तर्गत बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा उनीहरुको स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध रहेको छ ।

जागरुक अभिभावकहरुका लागि बालबालिकाको विकास तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे विशेषज्ञ चिकित्सकसँग जानकारी लिन यो सेवा उपयोगी रहने अस्पतालले जनाएको छ । रासस

वि.सं.२०७३ माघ ८ शनिवार १२:५१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...