back
CTIZAN AD

‘टि प्लस टु’ ले जोखिम गुणात्मक रुपले बढ्ने स्टक ब्रोकरको गुनासो

वि.सं.२०७७ माघ ११ आइतवार

732 

shares

११ माघ, काठमाडौँ । स्टक ब्रोकरले आइतबारबाट लागू हुन लागेको ‘टि प्लस टु’ प्रणालीले
आफूहरुको जोखिम गुणात्मक रुपमा बढ्ने भन्दै चिन्ता जनाएको छ ।

हाल ‘टि प्लस थ्री’ राफसाफ चक्रमै ठूलो आर्थिक जोखिम मोलिरहेको बेला ‘टि प्लस टु’ले यो जोखिम गुणात्मक रुपमा बढ्ने भन्दै नेपाल स्टक ब्रोकर एसोसियसनले यस्तो जोखिम न्यूनीकरणका लागि सबैको सहयोग जरुरी रहेको बताएको छ ।

नेपालको पँुजी बजारको विकास र विस्तारका चरणका क्रममा सिडियस एन्ड क्लियरिङ लिमिटेडले आइतबार ‘टि प्लस टु’ कार्यान्वयन गर्न लागेको हो ।

हाल दोस्रो बजारमा राफसाफसँग सम्बन्धित पूर्वाधार पूर्ण र स्वचालित भई नसकेको अवस्थामा लगानीकर्ताले ‘टि प्लस वान’ लागू गर्नुपर्ने माग गरिरहेको बेला ‘टि प्लस टु’ लागू गर्न लागिएको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

एसोसियसनले विज्ञप्तिमा भनेको छ, ‘बजारको विकास र विस्तारको सधैँ आशा गरिरहने हामी व्यवसायी यस्तो जोखिम व्यवस्थापनका लागि आवश्यक पर्ने ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ मार्केटको सञ्चालन, पावर अफ एर्टनी, अटो ईडीआएसको व्यवस्था सम्बन्धित निकायले चाँडै नै गर्न सकोस् भन्ने अनुरोध गर्दै यस्तो जोखिम लिएर भए पनि अझ बढी बजारको स्वच्छ सञ्चालनका लागि हामी व्यवसायी तत्पर छौँ ।’

‘टि प्लस टु’ राफसाफ चक्रको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले आआफ्नो जिम्मेवारी समयमै निर्वाह गर्नुपर्ने भन्दै स्टक ब्रोकर एसोसियसनले राफसाफ प्रक्रियाको सुरुवात नै लगानीकर्ताबाट हुने हुँदा ‘टि प्लस टु’ सफल कार्यान्वयनका लागि लगानीकर्ता अझ बढी जिम्मेवारी हुनुपर्ने बताएको छ । आइतबारको राजधानी दैनिकमा समाचार छ ।

वि.सं.२०७७ माघ ११ आइतवार ०९:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...