back
CTIZAN AD

संविधान संशोधनले मुलुकमा सङ्कट निम्त्याउने

वि.सं.२०७३ माघ ८ शनिवार

864 

shares

 pradip-gawali-'

८ माघ, पोखरा  । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधनको प्रस्तावले मुलुकमा सङ्कट निम्त्याएर द्वन्द्व चर्काउने आरोप लगाउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ प्रदेश नं ४ स्तरीय समन्वय परिषद् भेलाको आज यहाँ उद्घाटन गर्दै मुलुकको आवश्यकताभन्दा पनि मधेसवादी दललाई खुसी पार्न नै संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो ।

नदुखेको टाउकामा डोरी बाँधेर दुखाउने गरी संशोधन प्रस्ताव पेस गरिएको उल्लेख गर्दै उहाँले देश र जनताको अहित हुने गरी ल्याइएको प्रस्तावलाई एमालेले पास हुन दिँदैन भन्नुभयो ।

अर्को माघ ७ गतेसम्म तीनवटै निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने बेलामा निर्वाचनसम्बन्धी एउटा पनि कानुन नबनाएर सरकार चुनावदेखि भाग्न खोजेको आरोप लगाउनुभयो ।

एमाले स्थायी कमिटीका सदस्य एवम् महासङ्घका केन्द्रीय अध्यक्ष मुकुन्द न्यौपानेले मुलुक दिन प्रतिदिन परनिर्भरतातर्फ अग्रसर भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

एमाले प्रदेश नं ४ का संयोजक एवम् पूर्वमन्त्री किरण गुरुङले समृद्ध नेपालको निर्माणमा उद्यमी एवम् व्यवसायीको महत्वपूर्ण दायित्व भएको र राज्यलाई बढी कर तिरेर राज्यको ढुकुटीलाई मजबुत बनाउन आग्रह गर्नुभयो ।

महासङ्घअन्तर्गत प्रदेश नं ४ का संयोजक प्रेमप्रसाद पौडेलको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, एमालेका केन्द्रीय सदस्य पद्मा अर्याल, सूर्य भुजेल, श्रीचन्द्र शर्मा, यमकुमार श्रेष्ठलगायतका वक्ताले बोल्नुभएको थियो । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

वि.सं.२०७३ माघ ८ शनिवार १२:५३ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...