back
CTIZAN AD

संसद विघटनसम्बन्धी मुद्दा : ६ दिनमा ३५ कानून व्यवसायीले गरे बहस

वि.सं.२०७७ माघ ११ आइतवार

729 

shares

माघ ११, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा गत आइतबारदेखि जारी छ । मुद्दामाथि सातौं दिन आज पनि सुनुवाई हुँदैछ ।

प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्चमा १३ थान रिट दायर भएका छन् । जुन रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि बहस गरिरहेको छ ।

मुद्दामा शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ कानून व्यवसायीले बहस गरिसकेका छन् । निवेदकका तर्फबाट करिब २ सय ५० जना कानून व्यवसायीहरुले बहसका लागि निवेदन दिएका छन् । सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाएका पाँच जना एमिकस क्युरी र महान्यायाधीवक्ता अग्नि खरेलले पनि बहस गर्नेछन् ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिदिएका थिए । जुन विघटनविरुद्व सर्वोच्चको संवैधानिक इजलासमा गत पुस ११ देखि बहस सुरु भएको थियो । बहस संवैधानिक इजलास कि पूर्णं इजलासमा गर्ने भन्ने विवाद जन्मिएपछि गत माघ २ गते संवैधानिक इजलासमै बहस गरिने आदेश भएको थियो ।

वि.सं.२०७७ माघ ११ आइतवार ११:४३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...