back
CTIZAN AD

कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आज आउँदै

वि.सं.२०७७ माघ ११ आइतवार

633 

shares

११ माघ, कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए ।

“चिकित्सक तथा स्वास्थ्यकर्मीपश्चात दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतका लागि खोप मगाउँछौँ”, उनले भने, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो खोप सबैले लगाउनुपर्छ ।”

उनका अनुसार स्वास्थ्य तथा सङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन खोप अभियानको संयोजक तोकिसकेको छ । उनले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशमा खोप लगाउन पूर्वतयारीको काम थालिएको र छिट्टै स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम यसलाई अघि बढाइने बताए ।

वि.सं.२०७७ माघ ११ आइतवार ११:३२ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...