९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार ६०० रूपैयाँ पुगेको छ ।
यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ कायम भएको छ । आजको बजारमा चाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला १ हजार २६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।
वि.सं.२०७७ माघ ११ आइतवार ११:२२ मा प्रकाशित




























