११ माघ, काठमाडौँ । इंल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटले श्रीलंका विरुद्धको दोस्रो टेस्टमा पनि सतक जडेका छन । उनको यो श्रीलंका विरुद्ध यो लगातार दास्रो सतक हो । उनले श्रीलंका विरुद्ध १३९ बलमा आफ्नो सतक पुरा गरेका हुन ।
दास्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका आफ्नो पहिलो इनिङ्गसमा ३८१ रन बनाएर अलआउट भएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा एन्जेलो मैथ्यूजले ११० रनको सतकीय पारी खेलेका थिए भने इंल्याण्डका लागि बलिङ्गमा जेम्स एनडरसनले सर्वाधिक ६ विकेट हात परेका थिए ।
श्रीलंका अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको इंल्याण्ड ४९ ओभरमा ४ विकेट गुमाएर १५७ रनमा ब्याटिङ्ग गरिरहेको छ । इंल्याण्डका कप्तान जो रुट १०० रनमा र जस बटलर १४ रनमा ब्याटिङ्ग गरिरहेका छन । इंल्याण्डले पहिलो इनिङ्गसमा अहिले पनि इंल्याण्ड २२२ रनले पछि रहेको छ ।
वि.सं.२०७७ माघ ११ आइतवार ११:५३ मा प्रकाशित


























