back
CTIZAN AD

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

वि.सं.२०७७ माघ ११ आइतवार

777 

shares

११ माघ, सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

“केही दिनयता अन्नपूर्ण मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भने, “उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुनसकेको छैन ।”

उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव रु १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो । “उद्योगले किसानको भुक्तानी दिन करीब रु १७ करोड बाँकी रहेको बताएको थियो”, प्रजिअ पौडेलले भने ।

यसैबीचमा रु ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा रु एक करोड ७३ लाख रहेको छ । उद्यागेपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहेका प्रमुख राठौरले बताए ।

उद्योगपति सम्पर्कमा नआउने अनि किसान दिनहुँजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधिले आफू निकै अफ्ठ्यारोमा परेको प्रजिअ पौडेलको भनाइ छ ।

“किसानको उखुको बाँकी बक्र्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु”, उनले भने । “किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्कबिहीन भएपछि निकै समस्यामा परेको छु । ”

अन्नपूर्णसहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिको बैंक खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्नेलगायत उपाय अपनाएको थियो ।

उद्योगपतिहरुले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन् । जिल्लाकै गोडैता नगरपालिका अन्तर्गत बगदहमा रहेको महालक्ष्मी सुगर मिलले भने किसानको गत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

प्रजिअ पौडेलले महालक्ष्मी सुगर मिलले किसानको गत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए भने यता उद्योगीलाई उखु पाउन मुस्किल भएपछि सर्लाहीको हरिवन ११ मा रहेको ईन्दुशङ्कर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरिसकेको जनाएको छ ।

गत वर्षमा जिल्लाको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको जनाउँदै आन्दोलन चलिरहेको भए पनि ईन्दुशङ्कर चिनी मिलले भने चालू सिजनकै भुक्तानी दिएपछि उखु उत्पादक किसान दङ्ग भएका छन् । किसानलाई भुक्तानीमा खासै झन्झट नदिएको ईन्दुशङ्करले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरीद गरेको थियो ।

गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले यही माघ २ गतेसम्म आउँदा करीब सात लाख २६ हजार २०० क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका उखु प्रबन्धक योग नारायण रजकले जानकारी दिए । पुस २९ गतेसम्मको उखु खरीदबापतको रकम करीब रु ३२ करोड भुक्तानी गरिसकेको उनले जानकारी दिए ।

उद्योगले किसानलाई तीन पटकमा रु ३२ करोड भुत्तानी दिएको हो । दुई पटकमा १२÷१२ करोड र एक पटकमा रु ८ करोड गरी तीन पटकमा जम्मा रु ३२ करोड भुक्तानी गरिसकेको प्रबन्धक रजकले बताए । यस वर्ष सरकारले उखुको मूल्य कायम नगरे पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी दिएको उद्योगले जनाएको छ ।
रासस

वि.सं.२०७७ माघ ११ आइतवार १२:२९ मा प्रकाशित

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...