back
CTIZAN AD

कविताः मृत्युको समाचार

वि.सं.२०७७ माघ ११ आइतवार

912 

shares

सम्पादक ज्यु,
म मरेको समाचार पनि छापिएछ नि
तपाईंको अखबारमा ।
मेरो नाम टाँसिएको काठको बाकस,
काठको बाकस डोर्याउने मेरा साथीहरु,
मेरो मृत्युले क्षतविक्षत भएर
एउटा कुनामा
कर्नाली बगाउँदै गरेकी मेरी श्रीमती,
हामी सबै अटाएछौ समाचारसँगैको फोटोमा ।
देशमै हुँदा मैले पढेको हुँ नेपालीहरुका,
श्रम शोषणले गाँजिएको करुणा,
अलपत्र परेका कैंयौंको कथा,
अनाहकमै मारिएको समाचार ।
विदेसिनु मेरो पनि रहर थिएन,
मसँग दुखै दुःखका पहाडहरु थिए
यिनै पहाडमा हुर्कदै गरेका
नव पालुवाहरु थिए,
पालुवालाई स्यहार्ने माली थिए ।
म सँग थुप्रै सपनाहरु सन्चित भएका थिएँ,
धेरै पैसा कमाउने
आफ्नै देश फर्कने
नेपाली माटोमा सुन उमार्ने
तर
म जस्तै कयौं नेपालीहरु
हरेक दिन अनहाकमै मर्छन
अनि म जस्तै समाचार बन्छन् ।
मलाई त तपाईँहरुकै अखबारमा
प्रेरणाको हेडिंग बन्न मन थियो,
तर
अफसोच मेरो सपना
काठको बाकसमा,
अखबारको अक्षरहरुमा,
सिमित भए ।
देवघाटको तटमा,
काठको बाकस मिल्केको छ,
देह खरानी बनेर बगिसकेको छ,
सपनाहरु खै कता पुगे कता,
साँच्चै सम्पादकज्यू
यो लोक जहाँ म पुगें,
एयरपोर्टमा गमन पत्र भर्दै गरेका
हजारौं नेपाली देख्दैछु ,
मन फुटेर आउँछ ,
कतै उनीहरु पनि म जस्तै
आगमन पत्रै नभरी स्वदेश फर्कने त होईनन् ।

वि.सं.२०७७ माघ ११ आइतवार १२:३१ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...