११ माघ काठमाडौं । महालक्ष्मी लाईफ इन्स्युरेन्सले साधारण सेयर (आईपिओ) निष्कासनको तयारी गरेको छ ।
फागुन ३ गते आयोजित कम्पनीको साधारणसभामा साधारण सेयर निस्कासनका लागि प्रस्ताव लैजाने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ६० करोडको (६० लाख कित्ता) सेयर निस्कासनको तयारी गरिएको हो ।
फागुन ३ गते होटल र्याडिसनमा आयोजित उक्त साधारणसभाले सेयर निस्कासन सम्बन्धी प्रस्ताव पारित गरेपछि आइपियो निस्कासनको प्रक्रिया सुरु गरिने पनि कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०७७ माघ ११ आइतवार १२:३७ मा प्रकाशित




























