माघ ११, काठमाडौं । राजपत्रमा छापिएको सूचनाबारे प्रश्न उठेपछि संवैधानिक इजलासमा चर्काचर्की भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिवक्ताहरुलाई प्रश्न उठाउँदा रोकेपछि चर्काचर्की भएको हो ।
आइतबारको इजलासमा अधिवक्ता रमनकुमार श्रेष्ठले राजपत्रमा छापिएको सूचनाको विषयमा बोल्न २ मिनेटको समय माग गरेका थिए । तर, प्रधानन्यायाधीश जबराले ‘यसरी वरिष्ठज्यूहरूले दिनकै कुरा उप्काउने हो भने त कहिले सकिन्छ ?’, भन्दै रोकेका थिए ।
याे पनि..
सरकारबाटै किर्ते, अदालतमा प्रश्न उठेपछि रातारात छापियो राजपत्रमा सूचना
जस लगत्तै महान्यायाधिवक्ता अग्नि खरेलले उठेर प्रतिवाद गरे । उनले भनेका छन्, ‘इजलासले माग्यो, हामीले दियौं । अहिले त्यस विषयमा छलफल आवश्यक छैन ।’
संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चको संवैधानिक इजलासमा प्रश्न उठेपछि ३५ दिन पछि मात्रै राजपत्रमा प्रकाशित भएको थियो । पुरानै मिति राखेर ३५ दिनपछि सूचना प्रकाशित भएपछि प्रश्न उठेको थियो ।
तर, प्रधानन्यायाधीशले २ मिनेट समय पनि नदिएपछि अदालतमा चर्काचर्की भएको हो ।
अहिले पनि संवैधानिक इजलासमा बहस जारी छ ।
सम्बन्धित समाचार
राजपत्रमा छापिएको सूचनाको आधिकारिता जाँच्न माग गर्दै सर्वोच्चमा पर्याे निवेदन
वि.सं.२०७७ माघ ११ आइतवार १२:४४ मा प्रकाशित




























