काठमाडौं । सम्राट् इन्टरटेन्मेन्ट युट्युब च्यानल बाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रिज्मा प्रिन्सी र अमर अमृत फिचर्ड म्युजिक भिडियो ‘दाउ लागेमा विहे गरौला’ को गीतमा सम्राट् चौलागाई र रचना रिमालको आवाज रहेको छ ।
गायक सम्राट्कै शब्द र संगीत गीतमा समावेश छ । कृष्ण बिकको एरेन्ज ,सिलन लम्सालको सम्पादन ,साजन शाहको मिक्सिङ रहेको गीतको भिडियोलाई सुरेन्द्र बस्यालले निर्देशन र कोरीयोग्राफी गरेका हुन । भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन् ।
वि.सं.२०७७ माघ ११ आइतवार १२:५० मा प्रकाशित
























