back
CTIZAN AD

सरकारबाटै किर्ते, अदालतमा प्रश्न उठेपछि रातारात छापियो राजपत्रमा सूचना

वि.सं.२०७७ माघ ९ शुक्रवार

960 

shares

माघ ९, काठमाडौं । सरकारले संसद विघटनको सूचना झण्डै ३५ दिनपछि पुरानै मिति राखेर राजपत्रमा प्रकाशित गरेको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्ने क्रममा अधिवक्ताहरुले राजपत्रको सूचना माग गरेपछि सरकारले रातारात सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले किर्ते रुपमा रातारात प्रकाशित गरेको सूचनालाई नै महान्याधिवक्ता अग्नि खरेलले शुक्रबारको संवैधानिक इजलासमा पेश गरेका छन् ।

बिहिबार सुनुवाईको क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नगरिएको बताएका थिए । बहसका क्रममा अधिवक्ता अर्याल र टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न तेर्साएपछि इजलासले संसद विघटनको सूचना राजपत्रमा प्रकाशित भएरनभएको निश्चित गर्न सूचना मागेको थियो ।

अहिले किर्ते छापिएको राजपत्रको सूचना सरकारले वेबसाइटमा पनि राखेको छ । तर, आज छापिएको सूचनाको मिति पुरानै अर्थात् पुस ५ गतेकै राखिएको छ ।

सरकारले किर्ते गरेको कुरा वेभसाईटको सार्वजनिक सूचनाको क्रमांकबाटै स्पष्ट हुन्छ । संसद विघटनको सूचना अघि माघ ५ मा पर्यटन, श्रम, उद्योग वाणिज्य मन्त्रालयका सूचना क्रमबद्ध छापिएका थिए ।

सम्बन्धित समाचार

संसद विघटनसम्बन्धी मुद्दा : शुक्रबारको सुनुवाई सुरु

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:४७ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...