११ माघ, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बरिष्ठ हाईड्रोपावर ईन्जिनियर नियाज़ अहमदको उपचारका लागि आर्थिक सहयोगको अनुरोध गर्दै फेसबुकमा स्टाटस लेखेका छन् ।
न्युरो अस्पताल बॉसबारीमा भेन्टिलेटरमा राखी उपचार भैरहेको जानकारी दिँदै उनले अहमदको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेका हुन् ।
‘नेपालका ईन्जिनियर समुदायबाट उहॉलाई यथाशिघ्र सक्दो आर्थिक सहयोगको खॉचो छ। सहयोगका लागि सम्पूर्ण इन्जिनियर समुदायलाई हार्दिक अनुरोध गर्दछु’, डा भट्टराईले आग्रह गरेका छन् ।
अहमदलाई ब्रेन ट्युमरको आशंका गरिएको छ। नियाज अहमद IIT Roorkee बाट कर्णाली परियोजनाका लागि पढ्न जाने पहिलो ब्याच विद्यार्थी भएको डा भट्टराईले बताएका छन् ।
वि.सं.२०७७ माघ ११ आइतवार १३:०६ मा प्रकाशित






























