back
CTIZAN AD

सुवोधराज श्रीपाइलीको प्रश्न – जनयुद्धलाई हत्याहिंसा देख्ने ओली योद्धाको उद्धारकर्ता कसरी ?

वि.सं.२०७७ माघ ११ आइतवार

1.2K 

shares

माघ ११, काठमाडौं । विभाजित नेकपाका नेता एवं पुर्व वाइसिएलका महासचिव सुबोधराज श्रीपाइलीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पूर्वजनमुक्ती सेनाको समस्या सम्बोघन नहुने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले योद्धाहरुको नाममा ओलीले राजनीतिक स्वार्थ पुर्ती गर्न खोजेको आरोप लगाए ।

माओवादी जनयुद्धलाई हत्या हिंसाको राजनीति देख्ने ओलीबाट पूर्वजनमुक्ति सेनाको उद्धारकर्ता बन्न नसक्ने उनको भनाई छ । ‘जनमुक्ती सेनाका समस्या सम्बोधन गर्छु भनि अर्को भ्रम छरेको ‘माओवादी विचारलाई आतंककारी प्रशिक्षण भन्ने, महान जनयुद्धलाई हत्या हिंसाको राजनीति देख्ने, जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउन हुन्न भन्ने गणतन्त्र चाहानेहरुलाई बयलगाडाको यात्री बुझ्ने, गलतका विरुद्ध बिद्रोह गर्नेलाई अराजक तत्व ठान्ने, गणतन्त्रका कमान्डर क. प्रचण्डलाई दिवास्वप्ना देख्ने संसारको महामुर्ख देख्ने खडक ओली कसरी हाम्रो समस्या समाधानका नेता बन्न सक्छन् ?’, सामाजिक सञ्जालमा श्रीपाइलीले भनेका छन्, ‘पूर्व जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता योद्धा अनि घाइते योद्धाको उद्धारकर्ता बन्न सक्छन् रु अहं यो उनको भ्रम अनि झुठको अर्को रोमाञ्चकता बाहेक केही हुन सक्दैन।’

माओवादी विचारलाई आतंककारी प्रशिक्षण भन्ने, महान जनयुद्धलाई हत्या हिंसाको राजनीति देख्ने, जनमुक्ति सेनालाई राष्ट्रिय…

Posted by Subodh Sirpali on Saturday, January 23, 2021

उनले आफ्नो इतिहासलाई हेर्दै पूर्वजनमुक्ती सेनालाई ओलीको पछि नलाग्न पनि आग्रह गरेका छन् । पूर्वजनमुक्ती सेनासमेत रहेका उनले भनेका छन्, ‘पूर्व धार वा संगठनको नाममा छदमभेषी मनुवासँग सति जाने गद्दाररुसँग त भन्नू केही छैन । फेरि पनि म भन्छु हाम्रो आफ्नो धारमा संघर्ष गरौं । नमिलेका कुराहरु मिलाउन सबै लागि परौं तर हाम्रो गौरवपूर्ण बिगत कहिल्यै स्वीकार गर्न नसक्ने आजको युगमा निरंकुश बन्न खोज्ने ओली प्रवृत्तिपछि रक्तिम ईतिहास भएका योद्धाहरु कोहि नलागौं ।’

श्रीपाइलीले जनमुक्ति सेनाका समस्या पुष्पकमल दाहाल प्रचण्डबाट मात्रै समाधान हुन सक्ने दाबी गरेका छन् । ‘प्रचण्ड गणतन्त्रको पिता हो तपाईं हामीले मानेको आदर्श हाम्रो नेता हो उहाँकै वरिपरि रहेर समाधान खोजौं भागेर वा बाटो बदलेर होइन, समग्रमा भन्नुपर्दा गणतन्त्र, संघीयता, राज्यको मुल कानुन संविधान आदि नम्मान्ने खडक नामका मनुवा आफ्नो मुल बुझाइबाट बदलिए होलान् त रु’, उनले भनेका छन् ।

शनिबार प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल कार्यक्रम आयोजना गरेका थिए । पूर्वजनमुक्ती सेनाका लीलबहादुर थापाको नेतृत्वमा छलफल भएको थियो । जसमा उनले जनमुक्ति सेनाका समस्या आफुँले समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वि.सं.२०७७ माघ ११ आइतवार १३:४० मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...