back
CTIZAN AD

सिमकोटका कामदारले पाएनन ज्याला

वि.सं.२०७७ माघ ११ आइतवार

618 

shares

११ माघ, हुम्ला । पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेदेखि नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् ।

हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेड वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।
हिल्सा सिमकोट सडकखण्डअन्तर्गतको हेप्का खोला पुल निर्माण गर्ने कार्य तीव्ररुपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करीब रु १९ लाख रकम नपाएको कामदारमा खटिएका टोली नेता खुसीराम थारुले गुनासो गरे ।

हेप्का खोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलो पटक पेश्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले उक्त ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए ।

पुलमा काम गर्ने १२ कामदार कैलालीका रहेका छन् । थारुले भने, “पटकपटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपा प्रवृति भएको छ ।” उक्त निर्माणधीन पुल २५ मिटर लम्वाइ, १४।३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ ।

वि.सं.२०७७ माघ ११ आइतवार १४:१८ मा प्रकाशित

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...