back

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षीय नेकपाको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

वि.सं.२०७७ माघ ११ आइतवार

192 

shares
RBB AD
NTC AD

माघ ११, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक केहि बेर अघिदेखि सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधि सभा विघटनविरुद्व घोषित आन्दोलनका कार्यक्रमबारे समिक्षा गर्ने कार्यक्रम तय भएको उनले जनाएका छन् । उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुनेछ ।

गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जुन निर्णयअनुसार गत माघ ५ मा प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण पत्र बुझाएको थियो ।

तीन दिनको अवधि राखेर सोधिएको स्पष्टीकरण पत्रबारे ओलीले जवाफ दिएका छैनन् ।

यसअघि शनिबार काठमाडौं उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक पेरिसडाँडामा बसेको थियो । जुन बैठकको निर्णयअनुसार नै पुनः आज स्थायी समिति बैठक बसेको हो ।

वि.सं.२०७७ माघ ११ आइतवार १४:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...