back
CTIZAN AD

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षीय नेकपाको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

वि.सं.२०७७ माघ ११ आइतवार

732 

shares

माघ ११, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक केहि बेर अघिदेखि सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधि सभा विघटनविरुद्व घोषित आन्दोलनका कार्यक्रमबारे समिक्षा गर्ने कार्यक्रम तय भएको उनले जनाएका छन् । उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुनेछ ।

गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जुन निर्णयअनुसार गत माघ ५ मा प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण पत्र बुझाएको थियो ।

तीन दिनको अवधि राखेर सोधिएको स्पष्टीकरण पत्रबारे ओलीले जवाफ दिएका छैनन् ।

यसअघि शनिबार काठमाडौं उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक पेरिसडाँडामा बसेको थियो । जुन बैठकको निर्णयअनुसार नै पुनः आज स्थायी समिति बैठक बसेको हो ।

वि.सं.२०७७ माघ ११ आइतवार १४:१८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...