११ माघ, काठमाडौं । बैदेशिक रोजगार व्यवसायि संघले विभिन्न २१ बुँदे माग राख्दै तत्काल पूरा नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
आइतबार बैदेशिक रोजगार विभाग बुद्धनगरमा धर्ना दिँदै कोणसभा गरेका व्यवसायीले बैदेशिक रोजगार विभागका महानिर्देशकले म्यानपावर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको बताउँदै २१ बुँदे मागपत्र बुझाएका हुन् ।

व्यवसायीले विभागको अनलाइन प्रणालीमा -FEIMS) मा देखिएका समस्या समाधान गर्न पटक-पटक निबेदन दिई, बैठक गरिए पनि समस्या समाधान गर्न चासो नदिएको\नगरिएको, बैदेशिक रोजगार ऐन र नियमावलीमा ईजाजत प्राप्त संस्थाले शाखा कार्यालय खोल्न पाउने व्यवस्था रहेकोमा पटक–पटक शाखा कार्यालय खोल्ने स्वीकृति माग्दा नदिएको लगायतका २१ बुँदे माग राखेर आन्दोलित भएका हुन् ।

यस्ता छन् २१ बुँदे मागहरु



वि.सं.२०७७ माघ ११ आइतवार १६:१७ मा प्रकाशित






























