back
CTIZAN AD

तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा

वि.सं.२०७७ माघ १२ सोमवार

690 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मध्याह्नदेखि सहयोगीहरू जुट्नाले काम बन्नेछ । मेहनतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । वादविवादमा अघि नसर्नुहोला, पेसातर्फ राम्रो फाइदा उठाउन सकिनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । सोखले पछिसम्म लाभ हुने काम प्रारम्भ गराउनेछ । तर खर्चको मात्रा बढ्न सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चिलो काम थाल्नाले केही समस्या आउनेछन् । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई भने फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाट हुनेछ । नयाँ योजना थाल्ने अवसर जुट्नेछ । पहिलेको सफलताले काममा हौसला प्रदान गर्नेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । खर्च लागे पनि आँटेको काम बन्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । काममा जग बसाउने मौका छ । मिहिनेतले सफलता दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्नेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तापनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । दिउँसोदेखि अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका आउनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको दायित्व बढ्नेछ । तर व्यापार–व्यवसायबाट लाभ मिल्नेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा साथीभाइको सहयोग जुट्नेछ । विद्यार्थीहरूमा ज्ञानको भण्डार बढ्नेछ । दैनिकी व्यस्त रहे पनि आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ । दिउँसोदेखि स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ । पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला । मिहिनेतको उपलब्धि कम मात्र प्राप्त हुनेछ । समस्याप्रति समयमा गम्भीर नबन्दा दुःख पाइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नेछ भने व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । तर परिस्थिति कमजोर हुनाले रमाइलो क्षणमा समेत मन ढुक्क नहुन सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । मिहिनेतले काम बन्नेछ भने भौतिक साधन जुटाउन सकिनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । प्रतिस्पर्धात्मक काममा विशेष फाइदा हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ । तर अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले राम्रो साथ दिनाले बिहानको समय लाभदायक रहनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अपराह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

२०७७ माघ १२ गते, सोमवार, २५ जनवरी २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

वि.सं.२०७७ माघ १२ सोमवार ०७:५१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...