back
CTIZAN AD

सामूहिकताको सभ्यता पढाउन स्वामी अरुणलाई आग्रह

वि.सं.२०७७ माघ १२ सोमवार

771 

shares

१२ माघ, काठमाडौँ । शाषकहरु व्यक्तिवादी बन्दै जाँदा देश लथालिङ्ग भएको भन्दै सामूहिकताको सभ्यता पढाउन जरुरी भएको बताइएको छ ।

न्यूजलाइन्स मिडियाको चौंथो वार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा सो कार्यक्रमका प्रमुख अतिथिमार्फत सो अनुरोध भएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथि रहेका भट्टराईले प्रमुख अतिथि ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणलाई भने ‘स्वामीजी योगा  पढाएर मात्रै पुगेन, चरित्र बदल्ने गरी सामूहिकताको पाठ मनन गराउनु पर्यो ।’

न्युजलाइन्स  मिडियाकी  संपादक रीता ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि आनन्द अरुणले संचार माध्यममा योग र ध्यानका समाचार र बुद्धको महत्वबारे बढी जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, रिपोर्टस् क्लब नेपालका अध्यक्ष ऋषि धमला, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, टानका अध्यक्ष खुमबहादुर सुवेदी, कृषि विज्ञ डा हरि कुमार श्रेष्ठ, कांग्रेस नेता रामप्रसाद न्यौपाने, न्युजलाइन्सका अध्यक्ष राजु भट्ट सहित  उज्वलजंग शाह र नारायण बेलबासे लगायतले मन्तव्य दिएका थिए भने रविन थपलिया र सरोज ओझाको अभिभावकीय भूमिका रहेको थियो ।

कार्यक्रममा डा. हरि कुमार श्रेष्ठ, जगत गुरुङ, भावना केसी, हरि कार्की, आरबी बुढाथोकी, शुष्मा महरा, सुर्य बुढाथोकी, अक्कल तामाङ, यामप्रसाद ओली, श्यामराजा श्रेष्ठ, राजेन्द्र महर्जन, भीष्मराज फुलारा, विद्या तिवारी एनी श्रेष्ठ, शिव फुयाँल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७७ माघ १२ सोमवार ०९:२० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...