back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहप्रति लक्षित गर्दै ओलीले भने – सिङ्ग फुक्लेका गोरु !

वि.सं.२०७७ माघ १२ सोमवार

792 

shares

माघ ११, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समुह ‘सिङ्ग फुक्लेका गोरु’ भएको टिप्पणी गरेका छन् । सोमबार दाङको देउखुरीमा आयोजित आफुँ पक्षीय नेकपाको भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले प्रचण्ड–नेपाल समुह फुक्लेको सिङ्ग झुण्ड्याउँदै हिँडेको बताए । ‘एउटा टिल्के गोरु थियो, त्यो गोरुले अर्को गोरु देख्नै नहुने, झम्टी हाल्ने, सिंगौरी खेल्ने, भूईँ खोस्रने, हुँक्का गर्ने, अनि त्यसको फाँ फुँ देखेर अरु डराउने, एक दिन अलि नटेर्ने खालको बहर गोरु परेछ, घड्याप्प जुधेको बुढो टिल्के गोरुको सिङ्ग भाँचियो’, ओलीले भनेका छन्, ‘टिल्केलाई रिस त बेस्सरी उठ्यो होला सिङ्ग भाँचिएकोमा तर, जुध्न सकेनm यी टिल्केहरु पनि त्यस्तै हुन्, तीनले फाँ फुँ गर्दै गर्छन्, फुक्लीएको सिङ्ग लिएर हिँड्दै गर्छन् ।’

उनले प्रचण्ड–ओली समुहसँग अशान्ती मच्चाउने कुनै क्षमता नभएको बताए । ‘यीनले धाक नलाए पनि हुन्छ, अशान्ती मच्चाउने यीनीसँग क्षमता पनि छैन् दम पनि छैन्, यिनीहरुले केहि पनि गर्न सक्दैनन्’, उनले भने ।

वि.सं.२०७७ माघ १२ सोमवार १६:२१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...