back
CTIZAN AD

भारत विरुद्धको टेस्ट श्रृखलाका लागि चेन्नाई पुगे इंल्याण्डका स्टोक्स, आर्चर र बर्न्स, बाँकी खेलाडी २७ जनवरीमा भारत जादैँ

वि.सं.२०७७ माघ १२ सोमवार

660 

shares

१२ माघ, काठमडौँ । भारतको विरुद्धको टेस्ट श्रृखलाका लागि इंल्याण्डका अलराउण्डर बेन स्टोक्स, फास्ट बलर जोफ्रा आर्चर र ब्याट्सम्यान रोरी बर्न सोमबार चेन्नाई पुगेका छन । श्रीलंका विरुद्धको २ खेलको टेस्ट श्रृखलाबाट विश्राम लिएको ३ खेलाडी बाँकी टिम भन्दा दुई दिन अघि भारत गएका हुन ।

इंल्याण्ड क्रिकेट टिम अहिले श्रीलंका विरुद्ध दोस्रो टेस्ट खेलिरहेको छ । श्रीलंका विरुद्धको दोस्रो टेस्ट समाप्त भएपछि इंल्याण्ड क्रिकेट टिम २७ जनवरीमा भारत पुग्ने छ ।

भारत पुगिसकेका अलराउण्डर बेन स्टोक्सले टेस्ट क्रिकेटमा ६७ खेल खेलका छन जसमा उनले ब्याटिङ्गमा ३७.८५ को औसतले ४४२८ रन बनाएको छन भने बलिङ्गमा १५८ विकेट लिएका छन । त्यसैगरी फास्ट बलर जोफ्रा आर्चरले टेस्ट क्रिकेटमा ११ खेलबाट ३८ विकेट लिएका छन भने ब्याट्सम्यान रोरी बर्न्सले २१ खेलबाट १२३३ रन बनाएका छन ।

इंल्याण्ड क्रिकेट टिमले भारत विरुद्ध फेबु्रअरी ५ देखी ४ खेलको टेस्ट श्रृखला , ५ खेलको टि २० श्रृखला र ३ खेलको एकदिवसीय खेल्ने ।

भारत र इंल्याण्ड दुवै टिमले पहिलो र दोस्रो टेस्टको लागि आफ्नो टिमको घोषणा गरिसकेको छ । यस्तो छ पहिलो र दोस्रो टेस्टको लागि भारत र इंल्याण्डको टिम :

भारतको टिम:
विराट कोहली, रोहित शर्मा, शुभमन गिल, केएल राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, ऋषभ पन्त, ऋद्धिमान शाह, हार्दिक पांड्या, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद सिराज, शार्दुल ठाकुर, रविचन्द्रन अश्विन, कुलदीप यादव, वाशिंगटन सुन्दर र अक्सर पटेल ।

इंल्याण्डको टिम:
जो रुट, रोरी बर्न्स, ज्याक क्रली, मोइन अली, बेन स्टोक्स ,जस बटलर, जेम्स एण्डरसन, डम बेस, स्टुअर्ट ब्राड, बेन फोक्स, ड्यान लरेन्स, ज्याक लीच, डम सिब्ली, जोफ्रा आर्चर, ओली स्टोन र क्रिस वोक्स ।

 

वि.सं.२०७७ माघ १२ सोमवार १६:१९ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...