back
CTIZAN AD

फ्रान्सका तरकारी चिस्यानगृहलाई लाश घर बनाइएको भन्दै पत्रकार पौडेलले गरिन् नेताहरुलाई यस्तो अनुरोध

वि.सं.२०७७ माघ १२ सोमवार

891 

shares

फ्रान्समा रहेकी पत्रकार अनुराधा कोइरालाले फ्रान्समा कोरोना संक्रमण र त्यसबाट उत्पन्न संकटका कारण अस्पतालहरुमा शब राख्ने ठाउँ समेत नभएको बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभाको विघटन गरिएसँगै दिनहुँ भइरहेका जुलुशमा सहभागी नेता तथा कार्यकर्ताहरुको भिडका कारण कोरोना भाइरसको संक्रमण तिब्र फैलिनेमा चिन्ता व्यक्त गर्दै पत्रकार पौडेलले अहिले फ्रान्समा कोरोनाबाट मृत्युहुनेहरुको शब राख्ने ठाउँ नभएर तरकारी चिस्यान गृहहरुलाई नै लाश घर बनाएको समाचार आइरहेको बताएकी छन् ।

कोरोना संक्रमणबाट फ्रान्समा ७२ हजार मानिसले ज्यान गुमाएको बताउँदै नेपालमा पनि यस्तो अवस्था नआवोस् भन्नका लागि स्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्दै पत्रकार पौडेलले सामाजिक संजालमा यस्तो लेखेकी हुन् ।

पौडेलले सामाजिक संजालमा लेखेकी छन्,
नेता ज्यूहरु नमस्कार ! म फ्रान्समा छु । यहाँं ७२ हजार नागरिक कोभिडले मरिसके । मैले लाशहरु राख्ने ठाम नपाएर तरकारी चिस्यान गृहलाई लाश घर बनाएको समाचार हेरेकी छु ।

अहिले बेलायती कोभिड भाईरस यता पनि सरेको छ । यो भाईरस ज्यादै छिटो सर्छ । त्यसैले अहिले ६ बजे नै कर्फ्यु लाग्छ ! संभवत मार्च महिनामा फेरी लकडाउन हुन सक्छ । हामीले प्रयोग गरेका कटन मास्कहरुको (घरेलु मास्क) प्रयोग निषेध भैसक्यो र कम्तीमा अप्रेसन गर्ने मास्क लगाउनु या अझ सक्नेले त्यो भन्दा पनि गुणस्तरीय (अझ बिशेष) प्रकारको मास्क लगाउनु भनेका छन् ।

यहां कोभिड भाईरसविरुद्द खोप पनि सुरु भएको छ । तर सबैलाई भाग पुम्दैन । हामी गुम्सिएर बसेका छौँ । जहाँ जाउं मास्क नलगाई हिड्न पाईन्न । जहाँ जाने हो त्यहां किन जाने हो भन्ने कागज बोकेर हिड्न पर्छ हरेक दिन । हाम्रो त हिडडुल गर्ने अधिकार पनि कुन्ठित पारिएको छ । परिवारमा नै बढीमा नौ जना भन्दा बढी संगै बस्न पनि पाईन्न । त्यसैले ठूलो परिवार भेट हुन पर्दा पिसिआर टेस्ट गरेर भेट हुन्छन् । हाम्रा व्यवसायहरु चौपट छन् । यि सप्पै किन गरेको भने अस्पतालमा कोभीड बिरामी नभरिउन् भनेर हो । त्यहाका स्वास्थ्यकर्मीलाई ओभर भन्दा पनि ओभरलोड नहोस् भनेर हो ।

नेपालमा फ्रान्समा जत्तिको पनि स्वास्थ्य सुबिधा उपलब्ध छैन । त्यहा पनि बेलायती भाईरस पुगिसक्यो ।
नेपालमा तपाईहरु दैनिक नारा जुलुस गर्नुभएको छ । मास्क नलगाएका कार्यकर्ता, आमाहरु र विरामीहरु तथा बृद्दाहरु पनि जुलुसमा छन् । तपाईहरु विरामी पर्नु भयो भने सोर्सफोर्स सप्पै लगाउनुहुन्छ तर नागरिक कहा जाने ? कमसेकम मास्क अनिवार्य लगाउनै पर्ने बनाईदिनुहोस् र मास्क हुनेले पनि मास्क भनेको ओठमा होईन नाकमाथि लगाउने हो भनेर सिकाईदिनुहोस् ।
कृपया जनस्वास्थ्यलाई ध्यान दिनुहोस् बिनम्र अनुरोध छ ।’

नेता ज्यूहरु नमस्कार ! म फ्रान्समा छु । यहां ७२ हजार नागरिक कोभिडले मरिसके । मैले लाशहरु राख्ने ठाम नपाएर तरकारी…

Posted by Anuradha Poudel on Friday, January 22, 2021

वि.सं.२०७७ माघ १२ सोमवार १६:१३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...