back
CTIZAN AD

भैँसीपालनबाट मनग्य आम्दानी

वि.सं.२०७७ माघ १२ सोमवार

696 

shares

१२ माघ, चरीकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । अहिले उनी त्यो पेशामा देखिदैनन् ।

गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्छन् । चरीकोटका आफनो पुराना सबै व्यवसाय छाडेका सुवेदीले भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी पालिरहेका छन् । अन्य पेशाभन्दा भँैसीपालनबाट सुवेदीले राम्रो आम्दानी गरेका छन् ।

उनले जग्गा लिएर भैँसी फार्म निर्माण गरेका हुन् । दैनिक ७० देखि ८० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सुवेदी बिहान आफैँ मोटरसाइकलमा चरीकोटको पसलहरुमा दूध पुर्याउन जान्छन् ।

बजारमा डेरीको भन्दा भैँसीको दूधको माग धेरै छ । बजारमा नै लगेर ८० रुपैयाँमा एक हर्लिक्स दूध बेच्ने गरेको सुवेदीको भनाइ छ । दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको सुवेदीको भनाइ छ । खर्च कटौती गरेर मासिक ६० देखि ७० हजारसम्म फाइदा हुने उनको कथन छ ।

फार्ममा हाल मुर्रा र लाहुरे जातका भैँसी छन् । तीन जनालाई रोजगारीसमेत दिएका सुवेदीले मथानी कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै सञ्चालनको तयारी गरेका छन् ।

फार्म विस्तार गरी ३१ वटासम्म भैँसी सहजै पाल्न सकिने बनाइएको छ । करीब २० वटा भैँसी दुहुनो राख्ने योजना सुवेदीको छ । हालसम्म करीब ५० लाख लगानी गरिसकेको र भैँसीपालनका साथै अर्गानिक तरकारी खेतीको समेत तयारी गरिएको सुवेदीको भनाइ छ ।
रासस

वि.सं.२०७७ माघ १२ सोमवार १६:१० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...